विदेशी नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने, यस्ताे छ प्रक्रिया

  २०७७ जेठ ९ गते १७:००     विकासन्युज

काठमाडौं । अब विदेशबाट आउने व्यक्ति तथा नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायत कुनैपनि मुलुकबाट नेपाल भित्रिने व्यक्तिले १५ दिन क्यावरेन्टाइनमा बसेपश्चात मात्र कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ ।

शुक्रबार परिपत्र जारी गर्दै समितिले यो अवस्थामा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरु नेपाल फर्कने क्रम बढ्ने भएपछि यस्तो निर्णय गरेको हो ।

यससँगै, विदेशी नागरिकले क्वारेन्टाइनमा बसेको १५ दिन पश्चात मात्र उनीहरुले आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र कोरोना बीमालेख खरिद गर्न सक्ने छन् । यसको प्रमाण सम्बन्धित स्थानिय तहले गरेको हुनुपर्नेछ ।

त्यस्तै,  विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सो को नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । आरडीटी परिक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्ने छ ।

साथै, उक्त व्यहोराका अण्डरराईटिङ् कार्यका लागि पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेव साईटमा राख्नु पर्नेछ ।

उक्त फारम भरी स्वीकृत भएपछि मात्र बीमालेख जारी हुने गरी कम्पनीहरुले आफ्नो विद्युतीय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.