नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघ्याे

  २०७७ जेठ ९ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे जनाएकाे हाे ।

शुक्रबार साँझ  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे हाे । यी नयाँ संक्रमितहरु डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूष रहेकाे मन्त्रालय प्रवक्ता विकास देवकोटाले बताए।

याेसँग नेपालमा काेराेना संक्रमितको संख्या ५ सय ७ पुगेकाे छ जसमा ७० जना निकाे भएर घर गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.