लकडाउनको समयमा बेनेलीले ल्यायो यस्तो अफर

  २०७७ जेठ ९ गते १५:३८     विकासन्युज

काठमाडौं । लकडाउनको समयमा बेनेलीले बाइक खरिदकर्तालाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत तीन प्रकारका अप्सन रहेको छ । जसमध्ये बेनेली बाइक खरिदकर्ताले एउटा मात्र छान्नु पर्ने छ ।

पहिलो अप्सन अन्तर्गत बाइक खरिदकर्ताले ८ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । त्यस्तै, दोश्रो अन्तर्गत ज्याकेट, हेलमेट, ग्लोभ्स लगायतका बेनेली सेफ्टी गियर रहेको छ । त्यसैगरी, तेश्रो अप्सन अन्तर्गत इन्जिन आयल र आयल फिल्टर समेत गरी १ वर्षको फ्री सर्भिसिङ प्राप्त गर्न सक्ने छन् ।

यो अफर एक महिनाको लागि लागू हुने छ । यस बारेमा थप जानकारी लिनका लागि ९८०१२३३०२५ मा सम्पर्क गर्न वा बेनेलीको वेबसाइटमा लगइन गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.