संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा लैजाने सरकारको निर्णय

  २०७७ जेठ ९ गते १२:३८     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा लैजाने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

प्रतिनिधि सभाको आगामी बैठक जेठ १३ गतेकाे लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत आएपछि संविधानको निशान छापमै नक्सा परिवर्तन गरिने छ । यससँगै नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

सरकारले गत सोमबार नयाँ नक्सा पारित गरी बुधबार सार्वजनिक गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.