कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ ९ गते ६:१२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख ८९ हजार ९१ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३४ हजार ६९ जनाको मृत्यु भइसकेको छ भने २० लाख ७८ हजार २ सय ५६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९६ हजार २ सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख २० हजार ३ सय ७१ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १८ हजार २ सय २६ पुगेको छ भने अहिलेसम्म ३ हजार ५ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४ सय ५७ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.