भारतीय ह्याकरको निशानामा नेपाली सरकारी वेवसाइट !

  २०७७ जेठ ८ गते १५:५५     सन्ताेष राेकाया

काठमाडौं । बेलाबखत विभिन्न ह्याकरहरुले नेपाल सरकार वा अन्य निजी कम्पनीहरुको वेवसाइट ह्याक गरेका समाचारहरु आउने गरेका छन् । ती वेवसाइटहरु कसले ह्याक गरेको भन्ने नखुले पनि साइटहरु भने निरन्तर ह्याक हुँदै आएकमा छन् ।

तर, अहिले भारतीय ह्याकरहरु खुल्लमखुल्ला नेपाली वेवसाइटहरु ह्याक गर्ने दुस्प्रयासमा लागेका छन् । आज मात्रै भारतीय एक इन्डियन साइबर ट्रुप्स नामको एक समूहले बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको छ ।

केही दिन यता नेपाल र भारतबीच सीमा विवाद चलिरहँदा उनीहरु नेपाली वेवसाइटहरु ह्याक गर्ने प्रयास गरिरहेका छन् । साइबर ट्रुप्स नाम गरेको सो समूहले सामाजिक सञ्जालमा लेख्दै बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको बताएको छ ।

उसले सामाजिक सञ्जालमा लेखेको छ, नेपाल सरकारको साइट ह्याक गरेका छौं, कारण थाहै होला, हामीले साइट फेरि चल्न दिएका छौं । यो सामान्य चेतावनी मात्र हो, भारतीयसँग गडबड नगर्नुहोस् ।’

भारतीय ह्याकर मात्र होइन, भारतीय मिडियाहरु पनि अहिले नेपालको खुलेआम विरोधमा उत्रेका छन् । हिजो मात्रै भारतका एक टेलिभिजनका कार्यक्रम सञ्चालकले काँग्रसका नेता मिनेन्द्र रिजालसँग चीनियाँ ह्याकरहरुले तपाईहरुको वेवसाइट ह्याक गर्छ, फेरि उनीहरुकै पक्षमा किन जानुहुन्छ भन्ने प्रश्न गरेका थिए ।

अहिले नेपाल र भारत नेपालबीचको सीमा कारण थप समस्याहरु देखिन थालेका छन् । यही कारणले हुनुपर्छ, भारतीय ह्याकरहरुले अब नेपाली सरकारी साइटहरु पनि ह्याक गर्न थालेका छन् । अहिले पनि ह्याक भएको बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट खुलेको छैन ।

साइबर टुप्स नाम गरेको त्यो समूहले अझै पनि नेपाली सरकारी वेवसाइट ह्याक गर्ने चेतावनी दिएको छ । पछिल्लो समयमा नेपालमा वेवसाइट ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । केन्द्रीय साइवर ब्युरोले पनि एउटा वेवसाइट ह्याक भएको जाकारी आफुसमक्ष आएको बताएको छ । तर, त्यसको बारेमा थप अनुसन्धान भइरहेको व्युरोमा एक अधिकारीले बताए ।

‘हामीलाई पनि एउटा वेवसाइट ह्याक भयो भनेर म्यासेज आएको छ, यसको बारेमा हानमी बुझ्दैछौं, त्यसपछि थप कुरा सार्वजनिक गर्छौं,’ ती अधिकारीले भने ।
लकडाउनको समयमै चैत २६ गते इन्टरनेट सेवाप्रदायक कम्पनी ‘भायनेट’को प्रणालीबाट ह्याकरहरुले ग्राहकको तथ्यांक चोरी गरेका ,थिए । ह्याकरहरुले कमपनीको सिस्टम ह्याक गरी १ लाख ६० हजार प्रयोगकर्ताको सम्पूर्ण विवरण चोरी गर्यो ।

यस्तै, त्यसको दुई दिन पछि अर्थात चैत २८ गते प्रभु मनी ट्रान्सफरको डाटा ह्याक भएको सूचना पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । ह्याकरले प्रभुपेका ग्राहकका व्यक्तिगत जानकारी पनि त्यसमा उल्लेख गरेका थिए । अहलिे यस्ता विभिन्न साइवर क्राइम तथा ह्याकिङका घटनाहरु बढिरहेका छन् । यी विभिन्न घटनाहरुले अनलाइन कारोबार गर्ने र वेवसाइटमा गोप्य सूचना राख्न पनि चुनौती थपिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को कारण देशभर भएको लकडाउकै समयमा सिर्जित यी दुई ठूला घटनाले पनि साइवर ह्याकरहरु सलबलाएको प्रष्ट हुन्छ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार र प्रयोगकर्ताहरु पनि ह्वात्तै बढेका छन् ।

केन्द्रीय साइवर ब्युरोका अनुसार चालु आर्थिक वर्षको हालसम्म साइवर अपराध सँग सम्बन्धित एक हजार ७ सयभन्दा बढी उजुरी परेका छन् । उपत्यकामा सबैभन्दा बढी साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । उनका अनुसार अधिकांश निवेदन सामाजिक सञ्जालका प्रोफाइल ब्लक र फेक आईडी बनाइएका विषयमा छन् ।

यद्यपि, ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.