कस्तो हुन्छ सत्कर्मको सौंदर्य ?

  २०७७ जेठ ८ गते १२:५४     यज्ञबहादुर काकी


मस्तिष्कमा कति कुराहरु आइरहन्छ, गइरहन्छ, टिकेर रहिरहदैन । एक अर्थले हेर्ने हो भने यसैबाट आयु निर्धारण पनि हुन्छ । कसरी भन्दा जब वर्क धेरै हुन्छ, तब त्यो चाडै बिग्रन्छ । अतः त्यसलाई नयाँपन दिन त्यो फेरि ताजगी हुन जरुरी छ । प्रकृतिले यसैलाई बुझेर मानिस आदि प्राणीलाई निन्द्रा दिएको हुन्छ ।

निन्द्रा एक प्रकारले दिमागलाई नयाँपन दिने अवस्था पनि हो । यो दैनिक चल्छ अनि बढि बाँच्ने सिलसिला चल्छ । योग प्रकृतिसंग बढि सम्बन्धित छ । यसबाट हुने फाईदाहरु धेरै छन्, भलै यसले अजम्बरी त बनाउन सक्दैन । तर जति बाँच्न सकिन्छ। आनन्दित भएर बाँच्न सिकिन्छ । एउटा लामो ऐना थिसिस प्रकृतिले दिए पछि मानिस न बिँउतिने गरि सदाको लागि सुत्दछ । त्यसैलाई मृत्यु भनिन्छ । उ हत्तपति लामो ऐनाथिसस् सुघ्न चाहँदैनन् ।

त्यो बेला प्रकृति र मनको द्वन्द्व हुन्छ, जवर जस्ति उसलाई ऐनाथेसिस सुघाउन प्रकृति वाध्य हुन्छिन् । किनकि मुल ईन्जिनले काम नदिने हुन थालिसकेको हुन्छ । तिमी यो कुरा किन बुझ्दैनौ ? तिम्रो केही पनि काम लाग्दैन सिवाए तिमीले ईश्वरलाई संझन भ्याँयौ भने त्यो चाहिँ काम लाग्छ । तर त्यसो हुनको लागि तिम्रो सतसंग र तिम्रो पुण्य पनि त चाहियो नि ? त्यो कसरी ? सतसंगबाट तत्व ज्ञान बुझेर र पुण्य कर्मबाट सारा क्लेस र पापमय कर्महरुलाई सुद्दीकरण पारेर अन्त्य अवस्थामा जब प्रकृतिले अचेत अवस्थामा लग्छ ।

त्यस अवस्थामा भन तिमी ईश्वर मैले जानीनजानी गरेका कर्महरुलाई यहि छाडेर जाँदैछु । त्यसबाट उठ्ने सुगन्धमय वासना वा दुर्गन्धले मेरो बाटो तय गर्छ भने मेरा ती कर्महरुले सदा सदाका लागि जे होला म सहन गर्ने छु । ईश्वर मेरो जे भयो सबै माफ गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.