घरेलु लघुवित्तले जनरल इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा

  २०७७ जेठ ७ गते १९:४९     विकासन्युज


काठमाडौं । घरेलु लघुवित्तले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बीमा गराएको छ । संस्थाले काठमाडौंको हात्तीसारस्थित जनरल इन्स्योरेन्स कम्पनीबाट आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैयाँ बराबरको कोरोना जोखिम सुरक्षण बीमा गराएको जनाएको छ ।

यस वित्तीय संस्था विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुबाट प्रवर्द्धित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्था हो ।

यस संस्था संचालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुंच पुर्याउन सफल भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.