मोटर बीमाका बीमितलाई राहात, लकडाउन अवधिभर प्रिमियममा छुट

  २०७७ जेठ ७ गते १९:१९     विकासन्युज

काठमाडौं । बीमा समितिले मोटर बीमाकाे बीमाशुल्क घटाउन बीमकहरुलाई निर्देशन दिएकाे छ । समितिले लकडाउनको अवधिभर थन्किएका मोटहरुमा मोटर बीमाको बीमाशुल्क घटाउन बीमकलाई निर्देशन दिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण जारी रहेकाे लकडाउनका कारण थन्किएका सवारी साधनमा जोखिम न्यून हुन गएकाले बीमितलाई बीमाशुल्कमा राहात दिन खोजिएको हो ।

‘अब मोटर बीमा तर्फका बीमितले राहात महशुस गर्नेछन्, लकडाउनको प्रभाव महशुस गर्दै यस्तो निर्णय भएको हो’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

‘सवारी साधन प्रयोगमा नरहेको सूचना सम्बन्धमा नेपाल सरकारले लक डाउन घोषणा गरेको मिति २०७६ चैत्र ११ गतेदेखि लकडाउन हटेको अवधिसम्मलाई लागू हुने बताईएको छ । तर अत्यावश्यक सेवाका सवारीहरुको हकमा नेपाल सरकारले सूचना जारी गरी सवारी साधन संचालन गर्न अनुमति दिएको अवधिसम्मको लागि थन्किएको अविधिले अप पिरीयड गणना हुनेछ ।’- समितिले जारी गरेकाे परिपत्रमा भनिएकाे छ ।

यस्तै, लकडाउनदेखि नचलेका सवारी साधनहरुमा भने लकडाउनको अवधि सुरु भएदेखि लकडाउन अन्त्यसम्मको अवधि गणना हुनेछ । यस बीमा अवधिमा दाबी परिसकेको सवारी साधनहरुले थन्किएको अवधिको छुट पाउँदैनन् । साथै, निर्देशिकामा थन्किएको अवधिले अप पिरीयडको बीमाशुल्क छुटको गणना तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.