कोरोना कोषमा घरेलु लघुवित्तको आर्थिक सहयोग

  २०७७ जेठ ७ गते १९:०३     विकासन्युज


काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न तीन वटा गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँ बराबरको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।

घरेलु लघुवित्तको शाखा कार्यालयहरु धनुषाधाम, धनुषा, आर्दश कोलवाल, बारा र कोल्हुवा, नवलपुरका शाखा प्रबन्धकहरु क्रमशः ज्ञानेन्द्र कुमार यादवले धनुषाधाम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीलाई, कुन्दन प्रसाद कुशवाहले आदर्शकोलवाल गाउँपालिकाको प्रशासकिय अधिकृत मो.मुस्तुफा अन्सारीलाई र शिवराज उपाध्यायले मध्यविन्दु नगरपालिकाको मेयर चन्द्र बहादुर रानालाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.