युनाईटेड इन्स्योरेन्सबाट आर्थिक पत्रकारको कोरोना बीमा

  २०७७ जेठ ७ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीले हाल २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी बीमा, इन्जिनियरिङ्ग बीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका बीमा लेखहरु जारी गर्दै आएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.