नेपाल बैंकले ब्याजदरमा २ प्रतिशत छुट दिने

  २०७७ जेठ ७ गते ११:३३     विकासन्युज


काठमाडौं । नेपाल बैंकले चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले छुट दिने भएको छ । बैंकले बैशाख १ गतेदेखी लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाको ब्याजदरमा सो मात्राको छुट दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्जाका क्षेत्रहरु बाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले कम गरी २०७६/७७ को चौथो त्रैमास (२०७७ को बैशाख, जेठ र असार) को ब्याज गणना गर्न निर्देशन दिए बमोजिम नेपाल बैंकले उक्त निर्णय गरेको हो ।

बैंकले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरु जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपुँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदीको हकमा चैत मसान्तको आधारदर ७.८२ मा लगाईएको प्रिमियममा २ प्रतिशत बिन्दूले छुट दिने भएकाे छ ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणिको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत बैशाखदेखि असारसम्मको अबधिको ब्याजमा २ प्रतिशत बिन्दूले छुट पाउनेछन् ।

२०७७ साल बैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुबिधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुबिधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदर बराबरकै अर्थात ७.८२ प्रतिशत कै न्यूनतम ब्याजदर सुबिधा प्राप्त गर्न सक्नेछन् ।

बन्दाबन्दीको यस बिषम परिस्थितिमा पनि नेपाल बैंकले संभव भएसम्म न्यूनतम कर्मचारीको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङ्ग, लगायतका कारोबारहरु बिहान ११ बजेदेखी अपरान्ह २ बजेसम्म संचालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.