थप ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटा: विश्व बैंक

  २०७७ जेठ ७ गते १०:१६     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोरोना भाइरस फैलिएसँगै विश्वभरी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ ।

विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताए । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि १ सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको हो ।

यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ ।

सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा सहयोग पु¥याउने बैंकले जनाएको छ ।

विश्वमा नै कोरोना भाइरसको त्राससँगै गरिएको लकडाउनले अधिकांश व्यापार, व्यवसायहरु बन्द भएका छन् । व्यवसाय बन्द भएसँगै उत्पादन घट्नु तथा मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने गइरहेको छ । कोरोनको संक्रमण अहिले बिश्वका २ सय १३ देशमा फैलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.