सबैभन्दा धेरै कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि सम्मानको कुराः ट्रम्प

  २०७७ जेठ ७ गते ९:२६     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन् ।

‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छु’ ह्वाइट हाउसमा उनले भने ।
अमेरिकामा कोरानाको प्रकोप शुरु भएपछि ह्वाइटहाउसमा पहिलो पटक क्याबिनेट बैठक राख्दै उनले भने, ‘म यसलाई निश्चित सम्मानको रुपमा देख्छु, यो एक राम्रो कुरा हो कि, यसको मतलब हाम्रो परीक्षण धेरै राम्रो छ ।’

संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं ।’ ‘त्यसैले हामीसँग धेरै केसहरू छन ।’, उनी भन्दै गए, ‘म यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ ।’

अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

ट्रम्पको उक्त टिप्पणीमा ‘अमेरिकामा १.५ मिलियन संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता हो’, भन्दै डेमोक्र्याटिक नेशनल कमिटीले ट्वीटर मार्फत आलोचना गरेको छन् ।

३ लाख संक्रमित भएको रसिया संक्रमित संख्याका आधारमा दोश्रो स्थानमा रहेको छ । (एजेन्सीकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.