रूसी प्रधानमन्त्री कोरोना निको भइ फर्किए काममा

  २०७७ जेठ ७ गते ७:०९     विकासन्युज

काठमाडौं । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भइ काममा फर्किएका छन् ।

गत अपिल ३० तारिकमा कोरोना भाइरसको संक्रमण भएपछि मङ्गलबार उनी काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी दिएको छ ।

प्रधानमन्त्री मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उनको जिम्मेवारी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्लेका थिए ।

प्रधानमन्त्रीमा कोरोना पोजेटिभ देखिएपछि काममा फर्किएसँगै आफ्नो जिम्मेबारी पुन सम्हालेको क्रेमलिनले जनाएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.