कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ ७ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २४ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ५६ हजार ३ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ७० हजार ५ सय ८३ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ भने अहिलेसम्म ३ हजार ३ सय २ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४ सय ७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.