सेलपे र भाटभटेनी मनी ट्रान्सफर बिच आन्तरिक रेमिट्यान्स सेवाको लागि सहकार्य

  २०७७ जेठ ६ गते २०:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ ।

नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहु प्रतिष्ठित सुपरमार्केट चेन भाट्भटेनी सुपरस्टोर ग्रुपद्वारा प्रवर्धित रेमिट्यान्स कम्पनी हो ।

यस सहकार्य अन्तर्गत, ग्राहकवर्गहरुले सेलपे मोबाईल वा वेब एप्लीकेशनबाट सजिलै (बीएमटी) का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन् । जसका लागि सेलपे एप्पमा रेमिट्यान्स बटनमा थिची आफुलाई चाहेको भाट्भटेनी मनी ट्रान्सफर (बीएमटी) रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन् ।

यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा युनिक आईडि प्राप्त गर्नेछन् र त्यस युनिक आईडि प्रेषकले प्रापकलाई दिनु पर्नेछ । प्रापकले देशैभरी रहेका विभिन्न भाट्भटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त युनिक आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
-वास्तविक समयमा भुक्तानि
– बिना वालेट कारोबार गर्न सकिने
– सुरक्षित
– मर्चेन्ट् शुल्क नलागने
– लोयाल्टि पोइन्टस

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.