नेपाल इन्भेष्टमेन्ट बैंकले सबै कर्मचारीको गर्यो कोभिड-१९ बीमा

  २०७७ जेठ ६ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सबै कर्मचारीहरुको कोभिड १९ बीमा गराएको छ । बैंकले काेराेना भाइरस (कोभिड-१९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो ।

हाल जारी रहेको लकडाउनको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सबैको कोरोना बीमा गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.