एमसीसी अब स‌ंसदमा

  २०७७ जेठ ६ गते १३:२५     विकासन्युज

काठमाडाै‌ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अब संसदमा पेस भएको बताएका छन् ।

मंगलबार नीति तथा कार्यक्रमका बारेमा संसदमा उठेका प्रश्नहरुको जवलफ दिँदै उनले अब संसदले नै एमसीसी वा पास गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्ने बताएका हुन् । उनले सभामुख अग्नीप्रसाद सापकोटा समक्ष एमसीसीको दस्तावेज पेश गरिसकेको बताएका हुन् ।

‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्‍यो,  सम्झौता गर्‍यो । यो एमसीसी अहिले सरकारले सम्झौता गरेको होइन । अलपत्र छोड्न मिल्दैन । कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्छ,’ उनले भने, ‘अहिले पनि छलफल गर्न सकिन्छ एमसीसी पास गर्ने कि नगर्ने । संसदले निर्णय गर्न सक्छ । यो संसदको सम्पत्तिका रूपमा आइसकेको छ । संसदले निर्णय गर्नुपर्छ । ट्रान्समिसन लाइन सरकारले बनाउँछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.