लाेक सेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

  २०७७ जेठ ६ गते ८:५१     विकासन्युज

काठमाडौं । लोक सेवा आयोगले सबै तहका परीक्षाको तह नपुगेका कर्मचारी छनोट प्रक्रिया स्थगित गरेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएसँगै सरकारले लकडाउन घोषणा गरेकाले पछिल्लो समय अतिआवश्यक कार्यबाहेक सरकारी तथा नीजि कार्य रोकिएका छन् ।

आयोगले सरकारको निर्णयअनुसार परीक्षा तह नपुगेका कर्मचारी छनोट प्रक्रिया तथा दरखास्त आह्वान भएका सूचना पनि स्थगित गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका सहप्रवक्ता देवप्रसाद सुवेदीले २०७७ साल बैशाख १४ गते भएको मन्त्रीपरिषद्का निर्णयलाई मध्यनजर गर्दै आयोगले सो निर्णय गरेको जानकारी दिएका छन् ।

यस्ताे छ लोक सेवा आयोगले निजामति सेवाको पदपर्ति र सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धका दिएको जानकारी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.