गगन थापाको प्रश्नः मान्छे फिर्ता नल्याउनेले माटो फिर्ता ल्याउँछ ? (भिडियोसहित)

  २०७७ जेठ ५ गते २०:२०     विकासन्युज

दुई अमेरिकी साइकोलोजिष्ट दनिङ र क्रुगरले १९६९ मा गरेको एक अध्ययनले एउटा रोचक तथ्य अगाडि सारेको थियो । केही कम क्षमता भएका मानिसलाई के लाग्छ भने उनीहरुसँग अदभुत् क्षमता छ । आफुलाई ज्ञाननै नभएको विषयमा आफुलाई गज्जवको ज्ञान भएको भ्रान्ती उनीहरुमा हुन्छ । यस्तो संज्ञानात्मक पूर्वाग्रहलाई दनिङ क्रुगर इफेक्टको नाम दिइएको थियो ।

दनिङ भन्छन्, यस्तो सामान्य मान्छेमा हुँदा कम क्षति हुन्छ तर कुनै कम्पनीको मालिक वा देशलाईचलाउनेलाई यस्तो भयो भने बर्बादै हुन्छ । त्यसमाथि यस्तो कम क्षमता भएका मानिसका वरिपरि रहनेहरुले हुँदै नभएको ज्ञान र क्षमतामा पनि क्या बात क्या बात भनिरह्यो भने देश वा कम्पनी दुर्घटनामा पर्न सक्छ । यो नीति तथा कार्यक्रम पढिरहँदा यस्तै तरिकाले ग्रस्त भएर हाम्रो नेपाल दुर्घटनाको नजिक पुगेको भान मलाई भएको छ ।

यो दस्तावेज प्रधानमन्त्रीले एक्लै बसेर कविता लेखे जस्ताे होइन नकुनै मन्त्रीहरुले लुकेर लेखेको अध्यादेश जस्तो । यो त पहिला लेखियाे हाेला । सचिव, मन्त्री अनि पछि प्रधानमन्त्रीको टिमले लेखेको होला । यो ल्याउनुभन्दा पहिले पटक पटक पढियो पनि होला । यो महामारीले गर्दा विश्वको व्यवस्था र अवस्थामा कसरी खलबल ल्याएको छ ।

यसबाट हामी अछुतो होइन हामी झन बढी प्रभावित भएका छौं, हुनेछौं भन्ने कसैले भनेन ? घरभित्र र बाहिरको आपुर्ति प्रणाली अस्तव्यस्त हुँदा बालिदेखि भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौं । तत्काल बाली र भकारीको प्रभावलाई कसरी कम गर्ने भन्ने कसैले भनेन ? सम्बृद्ध नेपाल सुखी नेपालीह लेख्दै गर्दा कयौं रोजगारी पाएकाहरु पनि बेरोजगार भइसके भन्ने कसैले भनेन ?

भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने लेख्दै गर्दा भोकै मरिसके भन्ने कसैले भनेन ? सरकारको अभुतपूर्व कामले संक्रमण नियन्त्रण भयो भन्ने लेख्दै गर्दा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भन्ने कसैले भनेन ? कोरोनाको कारण एउटाको पनि ज्यान गएको छैन भनिरहँदा यस्तै तरिका हो भने केही समयपछि मर्ने मानिसको लास गन्न भ्याइँदैन भनेर कसैले भनेन ? यो दस्तावेज पढ्दै गर्दा म निरास होइन म लज्जित भएको छु ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद गगन थापा l

Gepostet von Bikashnews.com am Montag, 18. Mai 2020

लिम्पियाधुरासहितको नक्सा निकालिन्छ पहल गरिन्छ भन्दै गर्दा मैले सोचेँ जसले मेरो सिमानामा अलपत्र परेका नागरिकलाई जोगाउँदैन भने उसले मेरो सीमा जोगाई दिन्छ ? जसले खाडीमा अलपत्र परेकालाई फिर्ता ल्याउँदैन त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ ?

यो संसदमा कहिले काँहि वहस हुन्छ राष्ट्रियता भनेको मान्छे हो की माटो हो ? दुइटै हो सभामुख महोदय । जसले आफ्नो मान्छे चिन्न सक्दैन त्यसले माटो जोगाउन पनि सक्दैन । जसलाई पसिनाको गन्धको अनुभुति हुँदैन त्यो पसिनाको गन्धले माटोको सुगन्ध पनि थाहा पाउँदैन । त्यसैले मेरो मान्छे फिर्ता नल्याउने सरकारले माटो पनि फिर्ता ल्याउँछ भन्ने रत्तिभर पनि विश्वास छैन ।

( सासंद थापाले प्रतिनिधिसभा बैठकमा राखेकाे विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.