२०७७ जेठ ५ गते १३:४१ विकासन्युज
काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रूपैयाँ सहयोग गर्ने बताएका हुन् ।
यो सहयोग शिशुको बुबा अस्पतालबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए । त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षा लगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.