अमेरिकन आइडलको उत्कृष्ट २ मा दिवेश पोखरेल

  २०७७ जेठ ५ गते ८:०३     विकासन्युज

काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता अर्थात उत्कृष्ट २ मा स्थापित गरेका छन् । अर्थरगनको नामले अमेरिकन आइलमा आफूलाई स्थापित गरेका पोखरेल फाइनल राउन्डमा उपविजेता भएका हुन् ।

विजेता उपाधि  २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज भएकी छिन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् ।

त्यस्तै पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकन आइडलमा सहभागि सबै प्रतियोगीले आफ्नो घरबाट प्रस्तुती प्रस्तुत गर्दै आएका हुन् ।

यसअघि २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए ।  ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा दाेस्राे विजेता घाेषित भएका हुन् ।

सम्बन्धित समाचार :

अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.