बीमा कम्पनीहरुले आजबाट निलाे रंगको नयाँ पास पाउने, कति वटा पाउँछन् ?

  २०७७ जेठ ४ गते १६:२३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले हाल जारी रहेको लकडाउनको अवधिमा सेवा सञ्चालन गर्न निलो रंगको नयाँ पास पाउने भएका छन् । उनीहरुलाई आफ्नो सेवालाई नियमित गर्न आज(जेठ ४ गते)बाट न्युनतम संख्यामा निलो रंगको पास उपलब्ध गराइने बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिले अर्थमन्त्रालयको निर्देशन अनुसार नयाँ पास जारी गर्ने भएको हो । यस अघि उनीहरुले पँहेलो रंगको पास मार्फत सेवा सुविधा दिईरहेका थिए । जुन आजबाट रद्द भएको समितिले जानकारी दिएको छ ।

यससँगै, समितिका अनुसार आफ्नो सेवालाई नियमित गर्न प्रति कम्पनीले न्युनतम ५ वटा पास पाउने छन् । उनीहरूले बीमा समितिबाट उक्त पास लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.