नेपाल बङ्गलादेश बैँककाे सबै कर्मचारीको कोरोना बीमा

  २०७७ जेठ ४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ ।

बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ ।

हाल बैकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.