कोरोना रोक्न नसकेको भन्दै ओबामाले गरे ट्रम्पको आलोचना

  २०७७ जेठ ४ गते ९:३१     विकासन्युज

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाको संक्रमण फैलिएसँगै वर्तमानलाई लिएर कडा आलोचना गरेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प प्रशासनले गम्भीर त्रुटी गरेको आरोप ओबामाले लगाएका हुन् ।

स्थानीय समयअनुसार शनिबार राति यो वर्ष कलेजबाट दीक्षित विद्यार्थीको भर्चुअल दीक्षान्त समारोह उद्घाटन क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरे ।

सत्तामा रहेको व्यक्तिले सधैं आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने गरेको भन्दै पूर्वराष्ट्रपति ओबामाले दीक्षित विद्यार्थीसामु ट्रम्पको नाम नलिईकन आलोचना गरेका हुन् ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले पर्याप्त प्रयास गर्न नसकेको ओबामाको आरोप छ । एक हप्ताअघि पनि ओमबामले आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेका व्यक्तिहरूसँगको छलफलमा ट्रम्प प्रशासनको आलोचना गरेका थिए ।

शनिबार हिस्टोरिकल ब्ल्याक कलेज तथा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई भर्चुअल सम्बोधन गर्दै ओबामाले भने, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिको वास्तविकता छर्लंग पारेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.