ट्रम्प भन्छन् : भारत हाम्रो असल मित्र राष्ट्र हाे, मिलेर कोरोनाविरुद्धको खोप पत्ता लगाउँछौं

  २०७७ जेठ ३ गते १४:३६     विकासन्युज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

त्यस फोनावार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताए । अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन्छ। त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारत र अमेरिकाको एक असल मित्र राष्ट्र भएको भन्दै उनले भने, दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौं ।

अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिए । राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताए ।

कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराए ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमणमा गएका थिए । कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधीहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ ।

यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९ सय ४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७ सयभन्दा बढीको ज्यान गएको बताइएको छ । उता अमेरिका यो महामरीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५ सय ७ जना पुगेका छन् ।

त्यसैगरी अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८४ हजार २ सय ८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ८ हजार ६ सय ७६ जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख २९ हजार ४ सय ७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.