२०७७ जेठ २ गते १९:४१ विकासन्युज
काठमाडौं । नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी गर्छौं भन्दै गर्दा सबै सांसदले ताली बजाए । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबैभन्दा धेरै समय सीमाको कुरा उठ्दा सबै सांसदले मज्जाले ताली बजाए ।
नयाँ नक्सा सार्वजनिक हुन्छ भन्दा करिब ४ सेकेन्ड र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल हो भनेर घोषणा गर्दा संघीय संसदको संयुक्त बैठक करिब ५ सेकेन्ड तालीले गुन्जियो ।
सो क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल रहेको बताइन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिने पनि घोषणा गरिन् । भण्डारीले सीमा विवाद समाधानका लागि कुटनीतिक पहल थाल्ने जानकारी दिइन् ।
हेराैं भिडियाे पनिः
Copyright © 2024 Bikash Media Pvt. Ltd.