सबैभन्दा बढी कोरोना बीमा गराउनेमा शिखर इन्स्योरेन्स पहिलो, संकलन गर्यो एक करोड बढी बीमाशुल्क

  २०७७ जेठ २ गते १८:५२     विकासन्युज


काठमाडौं । शिखर इन्स्योरेन्स १ करोड रुपैयाँभन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेठ २ गतेसम्म इन्स्योरेन्सले १ करोड १० लाख रुपैयाँभन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले सो अवधिमा करिब १ हजार ८ सय कोरोेना भाइरस बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क संकलन गरेको हो ।

शिखर इन्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोना भाइरस बीमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।

डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेठ २ गतेसम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको छ ।

शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएका छन् ।

One comment on "सबैभन्दा बढी कोरोना बीमा गराउनेमा शिखर इन्स्योरेन्स पहिलो, संकलन गर्यो एक करोड बढी बीमाशुल्क"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.