सुनौलो ताराको ग्रान्ड फिनाली आज, डिशहोमबाटै प्रसारण हुने

  २०७७ जेठ २ गते १८:३४     विकासन्युज

काठमाडाैं । सुनौलो ताराको ग्रान्ड फिनाली कार्यक्रम आज डिशहोमको  रियालीटी टिभीकाे च्यानल नं. १०२ बाट  ८ः३० वजे प्रसारण हुनेछ । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गरेको थियो ।

डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम गरेको थियो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखी प्रशारण शुरु भई यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण भएको थियो । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।

यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिशहोमले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.