दार्चुलाको छाङरुमा सीमा गस्ती सुरु, यस्ताे देखियाे माहाेल (तस्वीरसहित)

  २०७७ जेठ १ गते १९:०२     विकासन्युज

भारतीय सेनासँग वार्तालाप गर्दै नेपाल शसस्त्र प्रहरी ।

काठमाडाैं । बुधबार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्रथापना गरेकाे सेनाले सिमानामा गस्ती सुरू गरेकाे छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले बुधबार सो बिओपीको उद्घाटन गरेका थिए ।

सशस्त्र प्रहरीले सीमा नाकामा गस्ती गर्न सुरू गरिसकेका छन् । दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना गरिएको हो ।

बिओपीमा अहिले २५ जनाको जनशक्ति रहने छ । बिओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर बीओपी गएको थियो । भारतले एकतर्फीरूपमा कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि सीमा सुरक्षार्थ बिओपी स्थापना गरिएको हो । यो क्षेत्र चीन र भारतसँग सीमा जोडिएको क्षेत्र हो ।

 

चौकी (विओपी) मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्तीमा जाँदै सशस्त्र प्रहरी

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्टबाट देखिने लिपुलेक नजिकैकाे दृश्य ।

छाङ्गरुमा बोर्डर आउट पोस्टमा गस्तीमा जाने तयारीमा शसस्त्र प्रहरी ।

बोर्डर आउट पोस्ट नजिकै केही सामान बाेकेर जाँदै शसस्त्र प्रहरी ।

बुधबार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा स्थापना भएकाे बोर्डर आउट पोस्ट ।

बोर्डर आउट पोस्टबाट देखिने लिपुलेककाे दृश्य ।

तस्वीरः शसस्त्र प्रहरी बलकाे फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.