मुक्तिनाथ क्यापिटलको सीईओमा कविन्द्रध्वज जोशी नियुक्ति

  २०७७ जेठ १ गते १७:१६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतक(सीईओ)मा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । नवनियुक्त सीईओ जोशीले जेठ १ गते मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका हुन् ।

जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी काम गरेको अनुभव बटुलेका छन् ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटलले डिम्याट, पीएमएस, सेयर रजिष्टार, इस्यु म्यानेजमेन्ट, अन्डरराईटिङ, एडभाईजरी, लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.