कृषि विकास बैंकको खुद नाफा २ अर्ब बढी, निष्कृय कर्जा घट्यो

  २०७७ जेठ १ गते १३:०६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १७ करोड २१ लाख रुपैयाँ कम हो ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले गत आवको चैत मसान्तसम्ममा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्मा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले चालु आवको चैतसम्ममा ४ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन मुनाफा घटेर २ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी २६.५५ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा घटेर ३.६५ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.