चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाको आवेदन, को कसले दिए ?

  २०७७ जेठ १ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाले आवेदन दिएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि गत मंगलबारसम्मका लागि अन्तिम समय तोकेको थियो ।

उक्त समय भित्रमा अध्यक्ष पदका लागि अभिनेता भुवन केसी, राजेश थापा, अर्जुनकुमार डंगोल, दयाराम दाहाल, ध्यानबहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती, भगवती कुमारी मैनाली र दिपक श्रेष्ठले आवेदन दर्ता गराएका छन् ।

व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने मन्त्रालयले उक्त सूचनामा प्रकाशित गरे । तर विगतमा भने राजनीतिक चलखेलमा नियुक्ति हुने गरेका छन् ।

आवेदन दिने निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा छन् । त्यस्तै दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । अहिले नै अध्यक्ष को बन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन ।

गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि उक्त पदले खाली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.