यी सवारीलाई लकडाउनमा पास नचाहिने

  २०७७ जेठ १ गते १०:५९     विकासन्युज

काठमाडौं । कोरोना संक्रमित थपिएसँगै सरकारले लकडाउनमा थप कडाई गरिरहेको छ । लकडाउनको सवारी पास अनिवार्य गरिएको छ र कसैलाई पनि पास बिना यात्रा गर्ने दिईएको छैन ।

यद्यपी गृह मन्त्रालयले भने हालको लागि ९ वटा सवारीहरुलाई पास नचाहिने सुचना जारी गरेको छ । मन्त्रालयले एम्बुलेन्स, दमकल, संन्चारकर्मीको सवारीहरुलाई पास नचाहिने बताएको छ । तर उक्त सवारी साधन प्रयोगकर्तासँग अनिवार्य रुपमा सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ ।

मन्त्रालयले जारी गरेको सुचना अनुसार यी हुन पास नभए पनि हिड्न पाउने सवारी र व्यक्ति-

१) एम्बुलेन्स , शवबाहन , दमकल

२) झण्डावाल सवारी

३) कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग , व्यक्ति तथा संघ र संस्थाहरू

४) सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरू

५) स्वास्थ्य सेवामा खटिएका चिकित्सक , नर्स , फार्मा्सिस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक , अस्पतालमा कार्यरत अन्य कर्मचारीहरू, औषधी उत्पादन ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिहरू

६) खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न जनशक्ति

७) फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति

८) ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति

९) अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी
साधनहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.