कोरोनाको कारण अस्ट्रेलियामा मात्र ६ लाख मानिसले गुमाएर राेजगार

  २०७७ जेठ १ गते ९:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाएका छन् । सरकारले कोरोना रोक्नका लागि जारी गरेको लकडाउनका कारण अप्रिल महिनामा मात्रै ५.२ प्रतिशतबाट बेरोजगारीको दर ६.२ प्रतिशत पुगेको छ ।

महामारी फैलिएसँगै त्यहाँ ८.३ प्रतिशत मानिस रोजगारविहीन हुने अनुमान गरिएको अर्थशास्त्रीहरुले गरेका छन् । बेरोजगारी दर वृद्धि कारण अर्थव्यवस्थामा पर्ने असर बारे भन्न नसक्ने विज्ञहरुले बताएका छन् । अस्ट्रेलियामा सरकारको कल्याणकारी कार्यक्रमका कारण हालत नियन्त्रण बाहिर पुगेको छैन ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले कोरोना संक्रमण बढेसँगै दिनहरु निकै मुश्किल भएको बताएका छन् । ‘यो हैरान बनाउने स्थिति हो तर अप्रत्याशित होइन । तर जारी लकडाउनका कारण अवस्था नियन्त्रणमा आउने आशामा छु ‘ उनले भने ।

६० लाख अस्ट्रेलियाली नागरिकलाई सरकारले सब्सिडी प्रदान गरेको छ भने १० लाख अस्ट्रेलियालीले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् । अस्ट्रेलिया सरकारले जुन महिनासम्ममा १० प्रतिशत मानिस बेरोगार हुने अनुमान गरेको छ । (बीबीसी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.