अब भाइबरबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने

  २०७७ वैशाख ३१ गते १९:४३     विकासन्युज


काठमाडाैं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै बैंकले याे सेवा प्रस्तुत गरेको हाे ।

वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ बैंकले जनाएकाे छ । साथै, घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यमनिर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेकाे बैंकले जनाइकाे छ ।

साथै, बैंकले ग्राहकलाई बैंकिङ्गअनुभवहरु प्रष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.