ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यो ट्राफिक पोल

  २०७७ वैशाख ३१ गते १८:४७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उक्त पोलहरु हस्तान्तरण गरेको हाे ।

बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ढकालले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

उक्त अवसरमा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक जितेश दाहाल र बैंक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.