काँग्रेस नेता राजेन्द्रप्रसाद त्रिपाठीको निधन

  २०७७ वैशाख ३१ गते १७:५२     विकासन्युज

काठमाडौं । समाजसेवी एवं नेपाली काँग्रेस कास्कीका नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । विसं २०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गर्नुभएका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए ।

साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहुनभएका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेकाे कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।

समाजमा निष्ठावान् र त्यागी व्यक्तिको पहिचान बनाउनुभएका उहाँका तीन छोरा र तीन छोरी छन् । सामाजिक क्षेत्रमा लामो समय योगदान पु¥याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्बन्धित पुस्तक प्रकाशित गर्ने तयारी गरिए पनि बन्दाबन्दीका कारण स्थगित गरिएको नेपाली काँग्रेस कालिकाका पूर्वसभापति भानु ढकालले जानकारी दिए ।

स्व त्रिपाठीको पार्थिव शरीर आजै पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्वजिल्ला सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.