एभरेष्ट इन्स्योरेन्सको खुद नाफा २३२ प्रतिशतले बढ्यो

  २०७७ वैशाख ३१ गते १७:४५     विकासन्युज


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा २३२.४२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ करोड ३१ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको चैत मसान्तमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क बढेर ३३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड १० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

साथै, इन्स्योरेन्सले ६९ हजार ११६ बीमालेख जारी गरी ७४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
एक अर्ब ९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ७८ लाख रुपैयाँ र बीमा कोषमा २९ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १६.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.०५ गुणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.