लक्ष्मी बैंकले कमायो १ अर्ब बढी नाफा, बेस रेट घट्यो

  २०७७ वैशाख ३१ गते १५:३२     विकासन्युज


काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ५.८६ प्रतिशत बढी हो । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा घटेर ४१ करोड १ लाख ९ हजार रुपैयाँमा सीमित छ ।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा वृद्धि गरेको छ । सो अवधिमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड १५ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर १४.८१ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ बढेर १३६.७६ रुपैयाँ पुगेको बैंकको खराब कर्जा बढेर १.७८ प्रतिशत पुगेको छ । बेस रेट घटेर ९.७९ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.