जेठ २ गते संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

  २०७७ वैशाख ३१ गते १३:५८     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्।

मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा जानकारी गराए।

‘मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  राष्ट्रियसभाका सम्पूर्ण मानीयहरुलाई उक्त दिन ३:३० बजेभित्र प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरी आआफ्नो आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.