सिटिजन्स बैंकको खुद नाफा १ अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?

  २०७७ वैशाख ३१ गते १३:४४     विकासन्युज


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २ करोड १६ लाख रुपैयाँ बढी हो । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख रुपैयाँ बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा वृद्धि गरेको छ । सो अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

हाल ८ अर्ब ६२ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.८७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.