एनएमबि बैंकको खुद नाफा १ अर्ब ८८ करोड, यस्ताे देखियाे अन्य सूचक

  २०७७ वैशाख ३१ गते १२:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १४.०६ प्रतिशत बढी हो । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा घटेर ५८ करोड ७७ लाख रुपैयाँ झरेको छ । जुन गत आर्थिक वर्षको सो अवधिमा ९७ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ बढी हो । बैंकको सञ्चालन नाफा भने घटेर १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँमा झरेको छ ।

चालु आवको ९ महिनाको अवधिमा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, गत आवको तुलनामा बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशतमा पुगेको छ ।

हाल १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १८.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.१७ गुणा, पुँजीकोष अनुपात १४.२६ प्रतिशत र कोषको लागत ७.०९ प्रतिशत रहेको छ ।

कम्पनीका अनुसार चैत मसान्तसम्ममा बैंकको आधारदर ९.९९ प्रतिशत छ भने स्प्रेडदर ४.८८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.