रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पुष्टि

  २०७७ वैशाख ३१ गते ११:२०     विकासन्युज

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको उच्च जोखिममा लिएको छ ।

रुसमा कोरोनाको विश्वभरिका देशका संक्रमण संख्याका आधारमा दोश्रो ठूलो संख्यामा संक्रमित देखिएका छन् । त्यहाँ हालसम्म २ लाख ३२ हजार २ सय ४३ संक्रमित छन् भने मगंलबार मात्र नयाँ १० हजार ८ सय ९९ संक्रमण पुष्टि भएको छ । हालसम्म रूसमा २ हजार १ सयभन्दा बढीकाे ज्यान गएकाे छ ।

सबैभन्दा धेरै संक्रमण केसहरु अमेरिकमा पाइएको छ, त्यहाँ १४ लाख भन्दा बढिमा संक्रमित छन् भने  ८३ हजार भन्दा बढीकाे मृत्यु भइसकेकाे छ । रुसी राष्ट्रपतिका प्रवक्ता पेस्कोभ सन् २००८ देखि नै पुटिनका प्रवक्ताका रुपमा कार्यरत छन् । यिनीलाई अहिले अस्पतालमा भर्ना गरिएको भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.