फेरी रोकियो नेपालबाट निर्यात हुने पाम तेल, लाइसेन्स पनि खारेज

  २०७७ वैशाख ३० गते १७:०३     विकासन्युज

काठमाडौं । नेपालबाट निर्यात हुने पाम तेल दोस्रो पटक पनि भारतले रोक लगाएको छ । भारतले विदेशबाट पाम तेल आयात गर्ने व्यापारीलाई लाइसेन्द दिएको थियो । त्यो लाइसेन्स समेत खारेज गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भारतले पाम तेलको आयातमा रोक लगाएको सूचना आएको जानकारी दिए ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाख २९ गते सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट निर्यात हुने पाम तेलको आयातमा रोक लगाएको हो । भारतबाट भने अधिकारिक पत्र नेपालमा आएको छैन । मन्त्रालयले सूचना भने पाएको छ ।

यसअघि पनि भारतले पाम तेलको आयातमा रोक लगाएको थियो । त्यसबेला नेपालका लागि मात्र नभई भारतमा पाम तेलको निर्यात गर्दै आएका सबै देशलाई लगाइएको थियो । भारतले वैदेशिक व्यापार नीति संशोधन गर्दै गत वर्षको २३ पुसदेखि पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको एक महिनापछि २५ माघमा भारतले नेपाल र बंगलादेशका लागि पाम तेलको निर्यात खुलाउँदै आयात खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.