एशियन लाइफ इन्स्योरेन्सकाे बीमाशुल्क ३ अर्ब बढी, यस्ता छन् अन्य सूचक

  २०७७ वैशाख ३० गते १७:००     विकासन्युज


काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात गत चैत महिनासम्ममा ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको साेहि अवधिको तुलनामा ४४ करोड ६८ लाख रुपैयाँ बढी हो ।

कम्पनीले सार्वजनिक गरेकाे तेस्रो त्रैमासकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा इन्स्योरेन्सकाे खुद नाफा बढेर ७ करोड ६३ लाख रुपैयाँ पुगेकाे छ । खुद नाफामा उल्लेख्य सुधार भएसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेर ८.६७ रूपैयाँ पुगेकाे छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.८४ गुणा रहेको छ।

हाल कम्पनीकाे चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै, जगेडा कोषमा ४९ करोड ५९ लाख रुपैयाँ, जीवन बीमा कोषमा २० अर्ब १४ करोड ८० लाख रुपैयाँ र महा विपत्ती जगेडामा ५ करोड ६१ लाख रुपैयाँ संञ्चित रहेकाे कम्पनीले जनाएकाे छ ।

२ लाख ८४ हजार २५९ वटा बीमालेख कायम गरेकाे इन्स्याेरेन्सले कुल २३ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ७ हजार ८९ वटा दावी वापत १ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ८९ दावी वापत २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाे इन्स्याेरेन्सले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.