नबिल बैंकको खुद नाफा ३ अर्ब बढी, निष्कृय कर्जा ०.६३ प्रतिशतमा सीमित

  २०७७ वैशाख ३० गते १३:१९     विकासन्युज

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तसम्ममा कूल ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आवको सोहि अवधिमा ३ अर्ब १९ करोड खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकले एक खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । ३ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड रहेको छ । त्यस्तै, सेयरधनी कोषमा २ अर्ब ९५ करोड र सेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

त्यस्तै, बैंकको निष्क्रिय कर्जा घटेर ०.६३ प्रतिशतमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी ४१.७१ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.