महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे बीमा शुल्कमा वृद्धि

  २०७७ वैशाख २९ गते १७:३१     विकासन्युज

काठमाडाैं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकाे छ । जुन गत आवकाे तुलनामा करिब ११ प्रतिशत अर्थात ३५ करोड ९३ लाख रुपैयाँले बढी हाे ।

इन्स्याेरेन्सले प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको थियाे ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड १५ लाख ४७ हजार रुपैयाँ र बीमालेख धितोमा १२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरी ६० लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, जीवन बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७८ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा इन्स्योरेन्सले कुल ८ हजार ८७२ बीमालेख जारी गरी ६४ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.