विनाेद चाैधरीकाे प्रस्ताव: सरकारी खर्च कटौती गरी ठूलो राहत प्याकेज ल्याऔं, रोजगारी बढाऔं

  २०७७ वैशाख २९ गते १५:३८     विकासन्युज

काठमाडाैं । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले महामारीसँग जुध्नका लागि सरकारले खर्च कटौती गरी ठूलाे राहत प्याकेज ल्याउनु पर्ने बताएका छन् । विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिंदै चौधरीले संसदको वैठकमा सरकारी अध्ययनले नै अनावश्यक भनेर किटान गरेका खर्च कटौति गर्नुपर्ने बताएका हुन्।

काेराेना महामारिका कारण सिर्जना भएको आर्थिक मन्दीसँग जुध्नका लागि सरकारले आर्थिक राहत प्याकेज ल्याउनुपर्ने उनकाे भनाइ छ ।  यसका लागि सरकारले खर्च कटौति गरेरै ४ खर्ब बचाउन सक्ने बताए।

कोभिड— १९ का कारण विश्व अर्थतन्त्र नै महामन्दीमा गएको र नेपालजस्ता देशको अर्थतन्त्र झनै चिन्ताजनक हुनेसक्ने खतरा रहेको उनको भनाइ छ। सबै देशहरुले आफ्नो क्षमता र हैसियतअनुसार आर्थिक प्याकेज ल्याइरहेको सन्दर्भमा सरकारले अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न र जोखियुक्त समुदायको संरक्षण गर्नका लागि नेपाल सरकारले पनि राहत प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ।

अर्थतन्त्रमा अहिले आएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्र मिलेरै जानुपर्ने उनको भनाइ छ। यसमा सबैथोक सरकारले गरिदिनुपर्ने निजी क्षेत्रले सोच्न नहुने निजी क्षेत्र आफैले गर्नुपर्छ भनेर सरकारले पनि सोच्न नहुने उनको भनाइ छ।

जब हामी राहतको कुरा गर्छौ, जीडिपीको ५ देखि १० प्रतिशतसम्म तरलता बजारमा प्रवाह गर्ने कुरा गछौं, यसको मर्मलाई आत्मसात गर्नु जरुरी छ, विभिन्न अवरुद्ध भएर बसेका योजनाहरु, रोजगारी श्रृजना गर्ने सेक्टरहरु पर्यटन, ठूला उद्योग वा कन्स्ट्रक्सन साइटहरु तिनलाई अत्यन्तै सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराइनु पर्छ, उनले भने ।

यो समस्या नेपालको मात्रै होइन । र, यो समस्या कहिलेसम्म लम्बिन्छ भन्ने पनि हामीलाई थाहा छैन । तर, यसका बाबजुद हामीले हाम्रो जीवनलाई सामान्य रूपमा चलाउने प्रयत्न गर्नुपर्छ । यसका लागि हामीले अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने प्रयत्न गर्नुपर्छु उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.